१४ साउन -काठमाडौँ, नागरिक उन्मुक्ति पार्टी ९नाउपा० ले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको छ र तेसको जानकारी निर्वाचन आयोगलाई गराएको छ । अध्यक्षले नै विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उनलाई अध्यक्ष पदबाट हटाइएको भनिएको छ ।
पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मा दिएकी थिइन् । यसकुराको पार्टीभित्रैबाट विरोध भएको थियो ।
नाउपाको अनुशासन समितिले चौधरीलाई २४ घण्टाभित्र स्पष्टिकरण सोधेको थियो । रञ्जिताले तोकिएको समयभित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले आयोगलाई दिएको छ ।
रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो । अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्