खैरो हेरोईनसहित चार जना पक्राउ

१३ साउन- कैलाली, करीब साढे ७ ग्राम लागूऔषध खैरो हेरोईनसहित चार जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ को ब्यारेल नजिक र १४ को खुटिया टोलबाट विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोईनसहित चार जनालाई पक्राउ गरेको छ।


धनगढी उपमहानगरपालिका–२ को ब्यारेल नजिकै सुदूरपश्चिम प्रदेश ०१००८ प २७३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा धनगढी–७ बस्ने १९ वर्षीय जिवन मन्ने र २७ वर्षीय आदित्य खड्कालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट चार ४ ग्राम ३८०मिलिग्राम लागूऔषध खैरो हिरोईन बरामद गरिएको छ।

प्रतिक्रिया दिनुहोस्