१२ साउन- काठमाडौं, ग्रीसमा रोजगारीको क्रममा ज्यान गुमाएका एक नेपालीको शव शनिबार राति नेपाल ल्याइएको छ । नवलपरासी बर्दघाटका विकास गौतमको ग्रीसमा रोजगारीको क्रममा मृत्यु भएको थियो ।
ग्रीसमा नेपाली दूतावास नभएको अवस्थामा परिवारले शव मगाइदिन सहयोगको अपील गरेका थिए । त्यसपछि गौतमको शव नेपाल झिकाउन रिटर्नी फेडेरेसनले सहजीकरण गरेको थियो ।
रिटर्नी फेडेरेसन नेपालका प्रतिनिधिमण्डलले विभिन्न आवश्यक कागजात र पक्रिया पूरा शव झिकाएका हुन् । शनिबार राति ११ बजे एयरपोर्टमा शव बुझेर परिवारको जिम्मामा लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्