खैरो हेरोइनसहित एक किशोर पक्राउ

१२ साउन कैलाली, लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्।

जानकी गाउँपालिका-७ खल्ला गलौरी स्थित सडकबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई २७० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ।

किशोरलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्