११ साउन- कङ्गो, पूर्वी कङ्गोको चर्च परिसरमा इस्लामिक स्टेट (आईएस) समर्थित विद्रोहीले आइतबार गरेको आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
एलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) का सदस्यले राति करिब १ बजे आक्रमण गरी आगजनी समेत गरेका थिए । आगजनीका कारण कैयौँ घर र पसलहरू समेत जलेर नष्ट भएका छन् ।
‘चर्च परिसरभित्र र बाहिर गरी २१ जनाभन्दा बढीलाई गोली हानी मारिएको छ । कम्तीमा तीन वटा जलेको शव र कैयौँ घर जलेको भेटिएको छ ।
यसै महिनाको सुरुमा उक्त समूहले इटुरीमा दर्जनौं व्यक्तिको हत्या गरेको थियो जसलाई संयुक्त राष्ट्रसंघका प्रवक्ताले रक्तपातको संज्ञा दिएका थिए ।
इस्लामिक स्टेटसँग सम्बन्ध भएको एडीएफ युगान्डा र कङ्गोबीचको सीमा क्षेत्रमा सक्रिय विद्रोही समूह हो।
प्रतिक्रिया दिनुहोस्