११ साउन- कञ्चनपुर, एक युवक खैरो हेरोइनसहित कञ्चनपुरबाट पक्राउ परेका छन्। उनि डोटीका बासिन्दा हुन ।
कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजार चेकप्वाईन्ट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको डोटीको दिपायल सिलगढी नगरपालिका ३ बस्ने २२ वर्षीय राजकुमार बादीलाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ।
उनलाई चेकजाँच गर्दा ६ ग्राम ७३० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
प्रतिक्रिया दिनुहोस्