९ साउन- सुर्खेत, घाँस काट्ने क्रममा करेन्ट लाग्दा एक दम्पतीको ज्यान गएको छ।
वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको विद्युतीय मेसिनको करेन्ट लागेर ज्यान गएको छ।
बिहान घरमै घाँस काट्ने क्रममा प्रयोग गरिएको मेसिनको तार सर्ट हुँदा अचानक दुवैजनालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका दम्पतीलाई तत्कालै उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको मा, चिकित्सकले उपचारकै क्रममा दुवैजनालाई मृत घोषणा गरेका थिए ।
मेसिन चलाउँदा विद्युत् सुरक्षा सावधानी नअपनाएकै कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
प्रतिक्रिया दिनुहोस्