पानीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

९ साउन- कैलाली, पानीमा डुबेर ३ वर्षीय बालकको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका-९ को शंकरपुरमा पोखरीमा डुबेर ३ वर्षीय कुशल खनालको मृत्यु भएको छ ।


शुक्रबार बिहान ११ बजेतिर बुद्धिराज खनालले सञ्चालन गरेको ‘बुद्धिराज एग्रो कृषि फर्म’ को परिसरमा रहेको पानी जम्मा हुने पोखरीमा बालक डुबेका थिए ।

प्रहरीले बालकलाई बेहोश अवस्थामा उद्धार गरेर उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगाएको मा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्