१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

९ साउन- पर्वत, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका-८ बस्ने २० वर्षीय समुन्द्र जिसीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

समुन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्