९ साउन- भारत, झालावाड जिल्लाको एक सरकारी विद्यालयको छत भत्किँदा तीन बालबालिकाको मृत्यु भएको छ भने उक्त घटनामा कम्तिमा ३० जना घाइते भएको बीबीसी हिन्दीले जानकारी दिएको छ ।
राजस्थानका शिक्षामन्त्री मदन दिलावरले अहिले सम्म तीन बालबालिकाको मृत्युको पुष्टि गरेका छन् तर मिडिया रिपोर्टहरूका अनुसार मृतक बालबालिकाको संख्या कम्तिमा पाँच रहेको छ ।
दुर्घटनालगत्तै गाउँलेहरूले घाइते र मृत बालबालिकालाई भग्नावशेषबाट बाहिर निकालेका छन । घाइतेहरूमा शिक्षकहरू पनि रहेका छन् । हाल सबैलाई उपचारको लागि अस्पताल लगिएको भारतिय समाचारले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्