७ साउन -नुवाकोट, नुवाकोटको कोलोनीमा पानी ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ।
विदुर नगरपालिका–९ का ४ वर्षीय दिक्षान्त तामाङको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको हो ।
शव पोष्टमार्टमका लागि त्रिशूली अस्पताल लगिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्