सुन र चाँदीको भाउ निरन्तर बढ्ढै

७ साउन – काठमाडौं, आज बुधवार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधवार छापावाल सुन तोलामा १ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ। सुन आज २१ सयले बढेको हो ।

 

हिजो मंगलवार सुन तोलामा १ लाख ९५ हजार ५ सयमा रुपैयाँमा कारोवार भएको थियो ।

 

 

यस्तै आज बुधवार चाँदी २३ सय ५० रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो मंगलवार भन्दा ३० रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्