श्रीमतिको प्रेमीले गरे श्रीमानको हत्या, सडक छेउमा भेटियो शव

६ साउन- कञ्चनपुर, लालझाडी गाउँपालिका–४ सिलकट्टीजाई शिविरका ३५ वर्षीय रामरेसर रानाको हत्या भएको खुलेको छ।

उनको वैशाख १७ गते घर नजिकै सडक छेउमा साइकलसहित मृत फेला परेको थियो, रानाको हत्या उनकी श्रीमतीका प्रेमीले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

 

शव फेला परेपछि राना वैशाख १६ गते साँझ खाना खाएर घरबाट गएर नफर्किएको भनिएको मा प्रहरी अनुसन्धानले भने उनको वैशाख १६ गते साँझ हत्या गरेको खुलेको छ।

बेलौरी नगरपालिका–४ का पुन्ना राना र मृतक रामरेशरकी श्रीमती माया रानाबिच अनैतिक सम्बन्धले उक्त घटना भएको थियो। वैशाख १६ गते मायालाई मृतक रानाले पुन्नासँग आफ्नै घरमा देखेपछि झगडा भएको थियो।

 

श्रीमान–श्रीमतीबिच हातपात हुन थालेपछि पुन्ना रानाले बाँसको चिर्पटले राम रेसर माथि प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएपछि शवलाई सडक छेउमा फालिएको थियो। शव फाल्न पुन्ना रानालाई माया राना र स्थानीय मानमती चौधरी रानाले सहयोग गरेका थिए।

तिनै जनाले आरोप स्वीकार गरेपछि असार २६ गते जिल्ला अदालत कञ्चनपुरले पुन्ना रानालाई पुर्पक्षका लागि थुनामा पठाए आदेश दिएको थियो। मृतककी श्रीमती माया चौधरी र मानमती चौधरीलाई एक–एक लाख धरौटीमा छोड्न आदेश दिइएको भए पनि उनीहरूले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको छ।

मृतक राना भारतमा मजदुरी गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्