६ साउन- कञ्चनपुर, कञ्चनपुरमा सडक एक हप्ता नबित्दै कालोपत्रे उप्किन थालेको छ।
पुनर्वास नगरपालिका–९, बिचफाँटामा निर्माण गरिएको सडकको ठाउँ–ठाउँमा कालोपत्रे उप्किन थालेको छ।
सुदूरपश्चिम प्रदेश सरकारको १६ करोड २६ लाख १७ हजार लगानीमा झन्डै १७ किलोमिटर सडक कालोपत्रे भएको थियो। कमसल सामग्रीको प्रयोग गरेर सडक कालोपत्रे गरिएको भन्दै स्थानीयले बिरोध गरेका छन्।
स्थानीयले सडकको मर्मत र पुनर्निर्माणका लागि ठेकेदारसँग आग्रह गरिए पनि बेवास्ता गरेको बताएका छन।
प्रतिक्रिया दिनुहोस्