पर्वतको लाङ्दी पहिरोमा पुरिएका श्रीमान श्रीमती दम्पतीको शव फेला पर्याे

४ साउन- पर्वत, मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीको पहिरोमा पुरिएका २ जना श्रीमान श्रीमती दम्पतीको शव भेटिएको छ ।

पहिरोमा पुरिएका छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिको पहिरोमा विक दम्पती पुरीएका हुन् ।

 

गए राति देखि पर्वतलगायत आसपासका क्षेत्रमा वर्षा भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्