गौशालामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

३२ असार- महोत्तरी, सडक दुर्घटनाबाट गौशालामा एक महिलाको मृत्यु भएको छ।

गौशाला नगरपालिका–३ को सडकखण्डमा दुई मोटरसाइकल दुर्घटना हुँदा भंगहा नगरपालिका–४ का ४० वर्षिया अमला देवीको मृत्यु भएको छ ।

गौशालाबाट औरहीतर्फ गइरहेको ज५प ५०१४ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आइरहेको वीआर०७ए जी ८१३२ नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएको थियो।

 

दुर्घटनामा भंगहा नगरपालिका–४ का श्याम सरदार, अमला देवी र सुनिल कुमार सिंह घाइते भएका छन। गम्भीर घाइते भएकी अमला देवीको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा मृत्यु भएको हो।

 

दुर्घटनामा संलग्न भारतीय नम्बरको मोटरसाइकल चालक फरार रहेको र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्