भिरबाट लडेर एक जनाको मृत्यु

३२ असार- बागलुङ,  भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका–४ झिम्पाका ५० वर्षीय कमल विकको मंगलबार भिरबाट लडेर मृत्यु भएको हो ।

 

कपासे भिरमा घाँस काट्ने क्रममा उनको लडेर मृत्यु भएको हो। विक भिरबाट करिब पाँच सय मिटर तल खसेका थिए ।

विक भिरबाट लडेपछि उनिसँगै गएका साथी रामबहादुर घर्तीले स्थानीयलाई खबर गरेपछि गाउँले घटनास्थलमा पुगेर उद्धार गर्दा मृत्यु भइसको थियो ।

 

प्रतिक्रिया दिनुहोस्