अमेरिकामा कार दुर्घटनामा दुई नेपालीको मृत्यु, दुई जना घाइते

३१ असार- अमेरिका, अमेरिकामा कार दुर्घटनामा परेर दुई जना नेपाली युवाको मृत्यु भएको छ ।

लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो ।

दुवै जना नेपालका नागरिक भनिए पनि उनीहरूको नेपालको ठेगाना नखुलेको तेहाका सञ्चारमाध्यमले जनाएका छन ।

 

 

स्थानीय प्रहरीका अनुसार कार यादवले चलाइरहेका थिए । कारमा ओलीसहित अरू दुई जना पनि थिए । कारमा सवार अन्य दुई जना भने घाइते भएको छन ।

 

उनीहरूको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्