नेपालले बंगलादेशमाथी ६ गोल हानी शानदार जितको सुरुवात गर्यो।

२७ असार- काठमाडौं, आजदेखि सुरु भएको साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले बंगलादेशमाथी शानदार जितको सुरुवात गरेको छ ।

शुक्रबार नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको हो । खेलमा पूर्णिमा राईको ह्याट्रिकसहित चार गोल तथा सेनु परियारको दुई गोल मद्दतमा नेपालले जित हासिल गरेको हो ।

 

बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरेनामा भएको खेलमा नेपालले पहिलो हाफमै तीन गोल गरेको थियो । दोस्रो हाफमा नेपालले फेरि तीन गोल थप्दा भुटानले एक गोल मात्रै गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्