दुई महासंघ र संघर्ष समितिबाट माईतीघरमा वृहद ¥याली,कसले के भने ?

२६ असार- काठमाडौं,  सुनमा लगाइएको विलासी कर र भ्याटको विरुद्धमा सुनचाँदी व्यवसायीहरुले विहिवार माईतीघरमा विरोध प्रर्दशन गरेका छन ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघ,रत्न आभूषण महासंघ र नेपाल सुृनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको संयुक्त आयोजनामा भएको विरोध कार्यक्रममा उपत्यका तथा जिल्ला वाहिरका गरी हजारौं व्यवसायी,कालिगढ तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । करिव एक महिना देखि अनिश्चितकालिन पसल वन्द गरेर निरन्तर विरोधमा उत्रिएका सुन व्यवसायीहरुले सुनलाई विलासी वस्तुबाट हटाउनुपर्ने,सुनचाँदी नीति ल्याईनुपर्ने र सुनको कोटा खारेज गर्नुपर्ने माग उठाएका छन् ।

 

 

सरकारले गर्ननै नसक्ने ढंगबाट व्यवसालाई समाप्त पार्ने ढंगबाट वजेट विधेयक ल्याएको भन्दैं एक महिना देखि विरोधमा रहेको बताउनुभयो । व्यवसायको माग पुरा नभएसम्म आन्दोलन जारी रहने रसाईलीले बताउनुभयो । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले सुन व्यवसायीहरुको माग पुरा नगरेसम्म खबरदारी कार्यक्रम गरिरहने बताउनुभयो ।

 

 

माग पुरा नभए उद्योग वाणिज्य महासंघ,चेम्बर देखि विविध संगठनलाई समेत आन्दोलनमा ल्याएर सशक्त बनाउने वताउनुभयो । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिका संयोजक विपिन रामुदामुले विलासी कर र भ्याटको खारेजीसँगै प्याकेजमै सरकारसँग सहमति हुनुपर्नेमा जोड दिनुभयो । सुनको कोटा प्रणालीका कारण सानो परिणाममा सुन उपलब्ध नहुँदा व्यवसायमा अत्यन्त समस्या आएकाले कोटा प्रणाली खारेजी हुनुपर्ने रामुदामुको भनाई छ ।

 

 

२०६८ सालदेखि कोटा प्रणाली लागु भएवाट यो पेशा कंलकीत हुँदै आएको भन्दैं हटाउनुको विकल्प नभएको वताउनुभयो । रिले अनसन सहित चरणवद्ध विरोध कार्यक्रम गर्दै आईरहका व्यवसायीहरुको ¥याली माईतीघरबाट सुरु भई वानेश्वारमा पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले प्ले कार्ड वोकेर सुनचाँदी पूर्खौली पेशा मास्न पाईदैन भन्दैं चर्को नारावाजी गरेका थिए ।

 

 

सरकारले वार्तामा वोलाए पनि माग पुरा नभए कडा रुपमा आन्दोलन उत्रने उनीहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्