जिल्ला कारागार मोरङका एक जना कैदी बन्दीको उपचारका क्रममा मृत्यु

२५ असार- विराटनगर, जिल्ला कारागार मोरङका एक जना बन्दीको उपचारका क्रममा मृत्यु भएको छ। उनको मृत्यु बुधबार साँझ तिर भएको हो ।

 

विराटनगर महानगरपालिका–५ घर भएका ४० वर्षीय सन्तोष पालको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कारागारका जेलरले बताए । पाललाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले २०८१ साल मंसिर ११ गते कारागार चलान गरेको थियो।

 

अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई कारागार चलान गरिएको थियो। उनि विरुद्धको मुद्दा अदालतमा विचाराधीन छ। मुद्दाको किनारा नलाग्दै उनको मृत्यु भएको हो।

 

शरीर सुन्निने र श्वासप्रश्वासमा समस्या भएपछि पाललाई उपचारका लागि असार १२ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो। मृतकको शव परिवारलाई जिम्मा लगाइसकिएको छ।

प्रतिक्रिया दिनुहोस्