२५ असार- सुर्खेत, भेरी नदीको पुलबाट हाम फालेर एक जना बेपत्ता भएका छन्।
गुर्भाकोट नगरपालिका-१० भेडावारीस्थित भेरी नदी पुलबाट सोही नगरपालिका वडा-११ का ६० वर्षीय गोपाल वली हाम फालेका हुन।
उनीले बुधबार सवा २ बजे पुलबाट हाम फालेका थिए।
उनी हाम फालेको खबर सुन्नसाथ प्रहरी चौकी मेहलकुनाबाट ५ जनाको टोली खटाइएको छ,। पौने चार बजेसम्म वलीलाई भेटिएको छैन। खोज्ने काम भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्