हात्तीको आक्रमणबाट ५९ वर्षीय लिम्बूको मृत्यु

१९ असार- झापा, बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई हात्तीले आक्रमण गर्दा उनको ज्यान गएको हो ।

गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

वर्षेनी झापामा हात्तीले आतंक मच्याउने गर्दा हात्तीको आक्रमणमा अहिले सम्म धेरै जनाले ज्यान गुमाइसकेको छन ।

प्रतिक्रिया दिनुहोस्