बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

१८ असार-काठमाडौं, बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण ९आईसीटी० ले अदालतको अवहेलना मुद्दामा छ महिनाको जेल सजाय सुनाएको छ ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण(१ को अध्यक्षसहितको तीन सदस्यीय इजलासले बुधबार यस्तो सजाय सुनाएको हो । देश छाडेपछि हसिनामाथि सुनाइएको यो पहिलो सजाय हो ।

 

सोही मुद्दामा गोबिन्दगञ्ज, गाइबन्धाका शाकिल आकन्द बुलबुललाई दुई महिनाको जेल सजाय सुनाइएको छ । हसिना करिब एक वर्षअघि बंगलादेश छाडेर भारत पुगेकी थिइन् ।

आन्दोलनपछि आवामी लिग सरकार ढलेको थियो र त्यसपछि अगस्ट २०२४ मा शेख हसिना देश छोडेर भारत पुगेकी थिइन् । हाल उनी नयाँ दिल्लीस्थित सुरक्षित घरमा बसेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्