१७ असार- जुम्ला, तातोपानी गाउँपालिका–८ राक्सेस्थित पाटनमा चरिरहेका भेडाको बथान पहिरो आएर पुरिएका छन । सोमबार दिउँसो करिब ३ बजेको समयमा पाटनमा चरिरहेका भेडालाई पहिरोले पुरेको छ।
स्थानीय भेडा कृषक सर्पराज रावतले बर्षातका कारण आएको पहिरोले १२ सय भन्दा धेरै भेडा पुरिएको बताए । उनकाअनुसार पाटनमा सर्पराज रावतका सँगै अन्य ८ जना कृषकका भेडाहरु चरिरहेको ठाउँमा ठूलो पहिरो खसेको थियो।
रावतले भेडासँगै बाख्रा र घोडा पनि पाटनमा चरिहरको बेला पहिरो खसेको बताए। पुरिएकामध्ये २२ वटा भेडा मरेको अवस्थामा भेटिएका छन।’
उक्त घटनास्थल अस्थायी प्रहरी पोष्ट ताम्तिबाट करिब ६ घण्टा पैदल दूरीमा पश्चिम र जिल्ला प्रहरी कार्यालयबाट ७५ किलोमिटर पूर्वमा पर्ने जुम्ला प्रहरीले जनाएको छ
प्रतिक्रिया दिनुहोस्