हुलाक टिकटमा नेपालको पहिलो फिल्मको पोष्टर

१६ असार- काठमाडौं, चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सव ९रजत वर्ष० को अवसरमा सोमवार काठमाडौंमा आयोजित एक विशेष समारोहमा नेपाली फिल्मको इतिहासमै पहिलो पटक एउटा फिल्मको पोस्टरलाई हुलाक टिकटमा राखिएको छ ।

 

हुलाक टिकटमा नेपालकै पहिलो फिल्म ‘आमा’ को पोष्टर अंकित हुलाक टिकटमा राखिएको छ । नेपाली फिल्म क्षेत्रको पहिलो फिल्म आमा २०२२ सालमा प्रदर्शनमा आएको थियो । फिल्म प्रदर्शनमा आएको ६० वर्षपछि यो ऐतिहासिक उपलब्धि हासिल भएको हो । उक्त ऐतिहासिक क्षणमा फिल्मकी अभिनेत्री भुवन चन्द साक्षीको रुपमा मञ्चमा उपस्थित थिइन् ।

 

हुलाक सेवा विभागले १० रुपैयाँ दरका दुई वटा टिकट प्रकाशन गर्दै नेपाली फिल्मको ऐतिहासिक महत्वलाई विश्वव्यापी बनाउने प्रयास गरेको छ। टिकटमा फिल्मका अभिनेता तथा अनिभेत्री तस्विर अंकित छ।

टिकट अनावरण समारोहमा अभिनेत्रीहरु भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुसाल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, बोर्ड अध्यक्ष दिनेश डिसी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीरहेका थिए ।

हुलाक सेवा विभागकी शाखा अधिकृत चन्द्रा थापाले टिकटको टाँचा तयार गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्