नेपालले इन्डोनेसियालाई ३ सय ७० रनले हरायो

१५ असार- काठमाडौं, आज भएको एसिसी पुरुष यू–१६ इस्टो जोन कप प्रतियोगिताको तेस्रो खेलमा नेपालले इन्डोनेसियालाई ३ सय ७० रनले पराजित गरेको छ ।

आइतबार सेलानगोर मलेसियामा भएको खेलमा कप्तान विपिन शर्माले ६ विकेट लिँदा नेपालले लगातार तेस्रो जित भएको छ ।

नेपालले दिएको ४ सय २१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसियाले २४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ५० रन बनायो । नेपालका लागि बलिङतर्फ विपिनले सर्वाधिक ६ विकेट लिए ।

 

७ ओभर ३ बलिङ गरेका उनले २ मेडन ओभर फाल्दै १२ रन खर्चे ।

 

प्रतिक्रिया दिनुहोस्