आत्मघाती कार बम आक्रमणका लागि पाकिस्तानको भारतलाई दोष

१५ असार- पाकिस्तान, वजिरिस्तानमा भएको आत्मघाती कार बम आक्रमणका लागि भारतलाई दोषी ठहर गर्ने पाकिस्तान सेनाको भनाइप्रति भारतको विदेश मन्त्रालयले घोर आपत्ति जनाएको छ ।

शनिबार दिउँसो पाकिस्तिानी सैनिक गस्ती सवारीमाथि भएको आक्रमणमा कम्तीमा १४ जना सैनिकको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए ।

 

घाइतेमध्ये १५ जना सैनिक र १० जना सर्वसाधारण सहित बालबालिकासमेत छन् तर, पाकिस्तान सेनाको आधिकारिक वक्तव्यमा १३ सैनिकको मृत्यु र ३ जना सर्वसाधारण घाइते भएको बताइएको छ ।

आक्रमणमा करिब ८ सय किलोग्राम विस्फोटक प्रयोग गरिएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । विस्फोटका कारण वरपरका घरहरूमा पनि क्षति पुगेको थियो ।

 

पाकिस्तानी सेनाले आक्रमणमा भारतको संलग्नता रहेको दाबी गर्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ । तर, भारतको विदेश मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो आरोपलाई ‘घोर तिरस्कारयोग्य’ भन्दै खारेज गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्