११ असार- काठमाडौं, रत्नपार्कमा बुधबार बिहान करिब ९:४० बजेतिर बागमती प्रदेश ०२-०१९ प ६२४५ नम्बरको स्कुटरमा आगो लागेको छ ।
आगलागीको जानकारी पाउनासाथ नेपाल प्रहरीको टोली तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको हो । स्कुटरमा सवार ३३ वर्षीया चालक सकुशल रहेकी छन् ।
स्कुटरको ब्याट्रीमा सर्ट सर्किट भएको कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्