११ असार- काठमाडौं, आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालत काठमाडौंमा उपस्थित भएका छन् ।
उनी बुधबार अदालतमा हाजिर भएका हुन् । अहिले नेपालको बयान चलिरहेको छ ।
नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको हो ।
नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।
नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले हदबन्दी छुट जग्गा खरिद गर्न स्वीकृति दिनेदेखि बिक्रीको अनुमति पनि दिने निर्णय गरेको थियो । २०६६ माघ १८ मा मन्त्रिपरिषद् बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्