१० असार- काठमाडौं, जसपाका अध्यक्ष उपेन्द्र यादवले मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिइसकेको बताएका छन । उनले सत्तारुढ एमाले–कांग्रेस गठबन्धनको तीव्र आलोचना गर्दै सरकारलाई दिएको समर्थनबाट पछुताउनु परेको बताए।
सरकार जनताको पक्षमा नभइ बिचौलियाको लागि बनेकाले समर्थन कायम राख्नु संविधान,संघीयता र जनतासँग गद्दारी हुने कुरा उनले बताए ।
वर्तमान सत्ता गठबन्धनले जनताको कुनै चासो नराखी केवल सत्तामा टिकिरहने खेल खेलिरहेको उनको आरोप छ । सरकारको सम्पूर्ण ध्यान सत्ता जोगाउने, पद बाँड्ने, प्रशासन हल्लाउने र जनताको नाममा बजेट बेच्ने काममा लागेको बताए । उनले वर्तमान सत्ता गठबन्धन पूर्णरुपमा असफल भइसकेको उल्लेख समेत गरे।
संविधान संशोधन गर्ने सरकारको कुनै चाहना भएको र सरकार बनाउनका लागि राजनीतिक स्टन्डमात्रै गरेको टिप्पणी समेत गरे। यादवले राजनीतिक नेतृत्वको सत्ता मोहबाट देश मुक्त हुनुपर्ने बेला आएको पनि जिकिर गरे।
प्रतिक्रिया दिनुहोस्