६ असार-काठमाडौं, सुन तस्करी प्रकरणमा फरार आरोपी अमला रोका पक्राउ परेकी छन् । माओवादी नेतृ समेत रहेकी अमला रोल्पालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको हो।
उनी ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् । उनको खोजीका लागि इन्टरपोलमा डिफ्यूटन नोटिस जारी भएको थियो । उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रमती हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ।
राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।
१९ दिनपछि थप अनुसन्धानका लागि भन्दै विभागले सीआईबीलाई फाइल बुझाएको थियो ।
प्रतिक्रिया दिनुहोस्