कैदीको ज्यान गएको घटनामा प्रहरी नायब निरीक्षक (सई) पक्राउ

५ असार- कैलाली, कैदीको ज्यान गएको घटनामा प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन् ।

बैंकिङ कसूर मुद्दामा कैलाली कारागारमा रहेका डडेल्धुराका हरिशसिंह पालीको असार २ गते राति उपचारका क्रममा मृत्यु भएको थियो ।

पालीको मृत्युपछि पीडित परिवारले हत्या भएको भन्दै सई नाथविरुद्ध किटानी जाहेरी दिएका हुन। किटानी जाहेरी आएपछि नाथलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

बैंकिङ कसूर मुद्दामा सई नाथले नै पालीविरुद्ध जाहेरी दिएका थिए । आफन्तले पालीको शरीरमा चोटपटक देखिएको हुँदा उनको कुटपिट गरी हत्या भएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्