शौचालय गएका किशोरको सर्पले डसेर मृत्यु

५ असार- काठमाडौँ, सर्पले डसेर परशुराम नगरपालिका निवासी उक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराई रहेका छन ।

जोगबुडास्थित इलाका प्रहरी कार्यालयका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो ।

तत्काल अस्पताल पु¥याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्