मुख्य तीन दलका शीर्ष नेताहरुको राजनीतिक विषयमा छलफल गर्न बैठक

५ असार- काठमाडौं, आज मुख्य तीन दलका शीर्ष नेताहरुको राजनीतिक समसामयिक विषयमा छलफल गर्न बैठक बस्दैछ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा दिउँसो २ बजे छलफल हुन लागेको छ ।

बुधबारका लागि तय भएको बैठक माओवादी अध्यक्ष दाहाल काठमाडौं बाहिर रहेकाले आजका लागि सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्