माइक्रो भ्यान स्कुलकै गेटको पिलरमा ठोक्किएर ९ वर्षकी सोनाक्षी यादवको मृत्यु

२ असार- काठमाडौँ, सोमबार दिउँसो १२ः५० मा काठमाडौँ महानगरपालिका १४ स्थित इडिफाइ इन्टरनेसनल स्कुलको कम्पाउन्डभित्र विद्युतीय माइक्रो भ्यान स्कुलकै गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको छ।

दुर्घटनामा सर्लाही घर भई हाल कुलेश्वर बस्ने ९ वर्षकी सोनाक्षी यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर भएकी उनलाई सहिद मेमोरीयल अस्पतालमा उपचारको लागि लगिएको थियो।

दुर्घटनामा अरु ७ जना घाइते भएका छन्। घाइते हुनेमा सर्लाहीकै लालबन्दीकी ८ वर्षकी रेश्मा मोक्तान, रामेछाप घर भई हाल स्वयम्भु बस्ने ९ वर्षकी नेशिया थापा,किर्तिपुरकी ९ वर्षकी निकिशा डंगोल, मकवानपुर घर भइ कलंकी बस्ने ११ वर्षकी सिमरन खड्का, गुल्मी घर भइ कलंकी बस्ने ९ वर्षकी प्रेमिसा घर्ती मगर रहेका छन्। उनीहरूको कलंकीस्थित नेसनल अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, तनहुँ घर भइ कलंकी बस्ने विद्यालयका प्रधानाध्यापक ४६ वर्षका सुरज पोखरेल र धनुषा घर भइ कलंकी बस्ने भ्यानका चालक ६० वर्षका हर्कबहादुर कार्की पनि घाइते छन्। पोखरेल र कार्कीको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्