१ असार- भारत, उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
आइतबार बिहान केदारनाथ मन्दिर दर्शन गरेर क्रममा यात्रुहरू सवार हेलिकोप्टर दुर्घटनामा परेको हो ।
दुर्घटनामा पाइलट र बच्चासहित ७ जनाको मृत्यु भएको छ। दुर्घटनाको खबर पाउनासाथ उद्धार टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको छ।
खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्