नेपाली विद्युत बङ्गलादेशमा निर्यात सुरु

१ असार -काठमाडौं, नेपालले यस वर्षदेखि बङ्गलादेशमा ४० मेगावाट विद्युत निर्यात सुरु गरेको छ।

नेपाल विद्युत प्राधिकरणले असार १ गते राति १२ बजेदेखि औपचारिक रूपमा निर्यात सुरु गरिएको छ।

परीक्षण स्वरूप १२ घण्टाका लागि गत वर्ष कात्तिक १८ गते ९जुलाई १५० पहिलोपटक नेपालले भारत हुँदै बङ्गलादेशमा विद्युत निर्यात गरेको थियो। सो सम्झौताको निरन्तरतास्वरूप यस वर्ष भने नेपालले लगातार पाँच महिना, नोभेम्बर १५ सम्म विद्युत आपूर्ति गर्न लागेको छ।

 

विद्युत ढल्केबरस्थित ४०० केभी सबस्टेशनबाट भारतको मुजफ्फरपुर र बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्