३० जेठ- रुपन्देही, ९० वर्षीय बयोवृद्धले ७६ वर्षीया वृद्धा श्रीमतीलाई रडले हानेर हत्या गरेका छन् ।
नवलपुरको देवचुली नगरपालिका(३ आम्बासमा दिलबहादुर थापाले गएराति पत्नी जमुना थापाको टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन् । जमुना दिलबहादुरकी कान्छी पत्नी हुन् ।
दिलबहादुरले श्रीमती विभिन्न रोगले थला परेको र आफ्नो मृत्युपछि दुःख नपाओस् भनेर हत्या गरेको प्रहरीलाई बयान दिएका थिए ।
वरिष्ठ अधिवक्ता शालिकराम बनजाडेले ज्यान मारेको कसुरमा कसैलाई कारबाही नहुने भन्ने नभएको, तर वृद्धवृद्धाको हकमा ६० प्रतिशत छुट हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस्