प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्षसहित १७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

akhatiyar

२८ जेठ- धनुषा, औरही गाउँपालिकामा निर्माण हुन लागेको १५ शैय्याको प्राथमिक अस्पतालको टेन्डर प्रक्रियामा व्यापक भ्रष्टाचार भएको छ।

मधेश प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र कुमार ठाकुर, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसहित १७ जनाविरुद्ध यस प्रकरणमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०७७र७८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा कार्यक्रमअनुसार औरही–२, देउरी परवाहामा १५ शैय्याको अस्पताल निर्माण गर्न करिब २४ करोड ४४ लाख रुपैयाँ लागत अनुमानसहित टेन्डर आह्वान गरिएको थियो।

तर, बोलपत्र प्रक्रियामा संलग्न पदाधिकारी र निर्माण व्यवसायीहरूबीच मिलेमतो भई प्रतिस्पर्धा न्यून गराउने उद्देश्यले टेन्डरका केही शर्तहरूमा हेरफेर गरी अस्वाभाविक ढंगले ठेक्का दिइएको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको छ।

२०७८ साल वैशाखमा सार्वजनिक टेन्डर सूचना जारी गरिएपछि १५ निर्माण कम्पनीले आवेदन दिएका थिए। तर, तीमध्ये १३ कम्पनीलाई प्राविधिक मूल्यांकनमा असफल घोषित गरिएको थियो।

सबैभन्दा कम लागत १२ करोड ३५ लाख रुपैयाँ प्रस्ताव गर्ने प्रतिष्ठारधुलिखेलरएक्सिस एसियन जेभीलाई एकपक्षीय रूपमा अयोग्य घोषित गर्दै तुलनात्मक रूपमा बढी रकम १९ करोड १४ लाख रुपैयाँ कबोल गर्ने लुम्बिनीरडी। एन्ड एन। जेभीलाई ठेक्का दिइएको छ।

यस प्रक्रियामार्फत ६ करोड ७९ लाख १२ हजार रुपैयाँ बराबरको अनियमितता भएको ठहर गर्दै अख्तियारले मुद्दा चलाएको हो।

प्रतिक्रिया दिनुहोस्