सदन खोल्न रास्वपाको ५ बुँदे प्रस्ताव

२६ जेठ- काठमाडौं, भिजिट भिसा प्रकरणमा लगातार सदन बन्द गर्दे आएको रास्वपा सदन खोल्न ५ बुँदे प्रस्ताव अघि सारेको छ ।

रास्वपाले उच्चस्तरीय छानबिन समिति बनाएर सदन खोल्न ५ बुँदे प्रस्ताव अघि सारेको हो । सदन खोल्न गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपाले माग गर्दै आएको छ ।

रास्वपाले भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करी विषयमा छलफलको लागि प्रस्ताव अघि सारेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भ्रष्टाचारजन्य कार्यहरूमा गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी नेपाल सरकारले पूर्ण सहयोग र सहजीकरण गर्नुपर्ने उल्लेख उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्