हात्तीको संख्या घटाउन जिम्बाब्वेले हात्ती मारेर त्यसको मासु जनतालाई वितरण गर्ने

२१ जेठ-जिम्बाब्वे, जिम्बाब्वेले हात्तीको संख्या अत्यधिक वृद्धि भएपछि मारेर त्यसको मासु जनतालाई वितरण गर्ने योजना बनाएको छ ।

जिम्बाबे पार्क तथा वन्यजन्तु प्राधिकरणले जारी गरेको विज्ञप्तिमा “देशको दक्षिणपूर्वी क्षेत्रमा रहेको सेभ भ्याली कन्जर्भेन्सीमा पहिलो चरणमा ५० वटा हात्ती मार्ने तयारी गरिएको छ ।” भनिएको छ, तर, यस योजनाअन्तर्गत कति हात्ती मारिने र कति समयमा भन्ने बारेमा भने स्पष्ट विवरण दिइएको छैन ।

२०२४ मा गरिएको एक हवाई सर्वेक्षणअनुसार सो संरक्षित क्षेत्रमा २,५५० हात्ती छन्, जबकी उक्त क्षेत्रको क्षमता (८००) भन्दा तीनगुणा बढी हो ।पछिल्लो पाँच वर्षमा २०० हात्तीलाई अन्य निकुञ्जमा सारिएको थियो ।

हाल विश्वव्यापी रूपमा हात्तीको दाँतको व्यापारमा प्रतिबन्ध लगाइएकोले जिम्बाबेले आफूसँग सञ्चित दाँतहरू बेच्न पाएको छैन । यसै सन्दर्भमा राजधानी हरारेमा ४ जना व्यक्तिलाई २३० किलोग्राम भन्दा बढी हात्तीको दाँत बेच्ने तयारीमा रहेको आरोपमा पक्राउ गरिएको थियो ।

सन् २०२४ मा पनि भीषण खडेरीका कारण खाद्य संकट सिर्जना हुँदा २०० हात्ती मारेका थिए, जुन सन् १९८८ पछि पहिलो ठूलो सङ्ख्याको हात्ती संहार थियो ।

हाल जिम्बाबे विश्वमै बोत्स्वानापछिको दोस्रो ठूलो हात्तीको वासस्थान हो

प्रतिक्रिया दिनुहोस्