काठमाडौं ल्याइदैँ रास्वपा नेता रवि लामिछाने, दिपक मनाङे बसेकै ब्लकमा राख्ने तयारी

२० जेठ- काठमाडौं, जिल्ला कारागार, रुपन्देहीको थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले सरुवा भएर काठमाडौं ल्याउने इच्छा व्यक्त गरेका छन् । उनी सहकारी ठगीको आरोपमा जेल परेका छन ।

रुपन्देहीबाट सरुवा भएर डिल्लीबजार कारागार, काठमाडौं लामिछाने आउन चाहेपछि कारागार प्रशासनले प्रक्रिया अघि बढाएको छ ।
जिल्ला कारागार रुपन्देही स्रोतका अनुसार, सर्वोच्च अदालतको आदेशपछि थुना अवधि थप लम्बिने भएपछि उनले काठमाडौं सरुवा हुने चाहना व्यक्त गरेका छन ।

पहिले पनि लामिछानेलाई सरुवा हुन चाहेरनचाहेको बारे सोधिएको थियो । त्यसबेला उनले आफूलाई रुपन्देहीमै ठिक भएको बताएका थिए ।

कारागार प्रशासनका एक अधिकारीका अनुसार, आफूलाई पायक पर्ने स्थानमा सरुवा माग गर्न पाउने अधिकार जोसुकै कैदीबन्दीको हुन्छ । यद्यपि, सुरक्षा चुनौति लगायतलाई ध्यान दिएर कारागार प्रशासनले त्यसबारे निर्णय लिन्छ ।

अदालतले समेत उनले सरुवाका लागि इच्छा देखाए सहजिकरण गरिदिन भनेको थियो ।

विभागबाट निर्णय भएलगत्तै लामिछानेलाई डिल्लीबजार कारागार पठाइने छ ।पूर्वगृहमन्त्री समेत रहेका लामिछाने सरुवा भएर आउने भएपछि बस्ने व्यवस्थाका लागि कारागारमा तयारी थालिएको छ ।
लामिछानेलाई पनि मनाङ्गे रहेको ‘ख’ ब्लकमा राख्ने गरी तयारी गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्