२० जेठ-काठमाडौं, आज मंगलवार नेपाली बजारमा सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९२ हजार ७०० रुपैयाँमा कारोवार हुँदै छ । हिजो सोमबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोवार भएको थियो ।
साथै चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको २ हजार ४५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोवार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्