नवविवाहित युवतीको शव बेवारिसे अवस्थामा फेला

१६ जेठ- रौतहट, बिहीबार दिउँसो दुर्गाभगवती गाउँपालिका–५ स्थित साँझ खोलाको झुलुंगे पुलको छेउमा अन्दाजी २५ वर्षीया युवतीको शव घोप्टो अवस्थामा प्रहरीले फेला पारेको छ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरको शव गृहमा राखिएको छ। घटना शंकास्पद रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार एक\दुई दिनअघि कसैले हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। युवतीको पहिचान भएको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्