१६ जेठ- भारत, पञ्जाबको मुक्तसर जिल्लामा रहेको एक पटाका कारखानामा भीषण विस्फोट हुँदा चार मजदुरको ज्यान गएको छ । साथै २७ जना गम्भीर घाइते भएका छन्।
मृतक र घाइतेहरू अधिकांश उत्तर प्रदेश र बिहारका प्रवासी मजदुर रहेका छन। यो घटनापछि ठेकेदार फरार छन्।
बिहीबार राति करिब १२ः३० बजे भीषण विस्फोट भएको थियो । यस विस्फोटमा ४ जनाको मृत्यु भएको छ भने २७ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई बठिन्डा स्थित एम्स अस्पतालमा रेफर गरिएको छ।
विस्फोट यति शक्तिशाली थियो कि कारखानाको दुईतले भवन क्षणभरमै भग्नावशेषमा परिणत भएको छ। घटनास्थलमा कारसेर कम्पनीका तयारी पटाका भरिएका बाकसहरू फेला परेका छन्। साथै, हरियाणा नम्बरको एउटा ‘छोटो हात्ती’ सवारी साधन पनि खाली बाकसहरूले भरिएको अवस्थामा भेटिएको छ। विस्फोटको आवाज केही किलोमिटर टाढासम्म सुनिएको थियो।
प्रतिक्रिया दिनुहोस्