राप्रपाका सांसदहरुले पाउँदै आएको पिएसओ सुविधा सरकारले फिर्ता लग्यो

१४ जेठ – काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले पाउँदै आएको पिएसओ (निजी सुरक्षा अधिकृत) सुविधा सरकारले फिर्ता गरेको छ ।

राजा फर्काउने आन्दोलनमा कारण उक्त पार्टीका प्रमुख सचेतक र संसदीय समितिका सभापतिको पिएसओ हटाएको बताइएको छ । प्रमुख सचेतक ज्ञानबहादुर शाहीका अनुशार राप्रपाका सांसदहरुले पाइरहेको उक्त सुविधा सरकारले खोसेको बताए ।

शाहीका अनुसार उनीसहित पूर्वमन्त्री ध्रुवबहादुर प्रधान र दीपकबहादुर सिंहको सुरक्षाका लागि एक-एक जना सशस्त्र प्रहरीका जवान खटिँदै आएका थिए । तीन-चार दिनदेखि ती सुरक्षाकर्मी हटाइएको छ ।

सशस्त्र मुख्यालय स्रोतले भने पिएसओ हेरफेर मात्र गर्न लागेको बताएको छ । ज्ञानबहादुरहरुको पिएसओ फिर्ता बोलाएको स्वीकार गर्दै स्रोतले भन्यो, ‘हेरफेरको समय भएको छ, अहिलेसम्म खटिंदै आएकालाई दुई चार दिनअघि बोलाएका हौँ, अब नयाँलाई पठाउँछौँ, यो सामान्य प्रक्रिया हो ।’

प्रतिक्रिया दिनुहोस्