दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि दुई दिन हिरासतमा

८ जेठ- काठमाडौं, तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

उनीहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजालसले प्रहरीको अनुरोधमा म्याद थप गरेको हो।

यस घटनामा प्रहरीको हिरासतमा ५३ जना छन्। जसमध्ये प्रसाईंसहित २६ जनाविरूद्ध राज्यविरूद्धको कसुर, संगठित अपराधमा अनुसन्धान भइरहेको छ। बाँकी २७ जनामाथि आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्