९ बैशाख- भारत, भारतको कर्नाटकका एक पूर्वप्रहरी महानिर्देशक ९डीजीपी० ओम प्रकाशको हत्या प्रकरणमा उनकी श्रीमती पल्लवी र छोरीलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय सञ्चार माध्यमले जनाए अनुसार उनकी छोरी कृति पनि यस हत्यामा संलग्नको आशंकामा पक्राउ परेकी छन् । रुीमतीलाई भने अदालतमा पेस गरेपछि १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।
भारतिय मिडिया अनुसार, ओम प्रकाश र पल्लवीबीच सम्पत्तिको विषयमा विवाद चलिरहेको थियो । ओम प्रकाशले आफ्ना केही सम्पत्ति नातेदारको नाममा सारिदिएका थिए, जसका कारण दुवैबीच बारम्बार झगडा हुन्थ्यो ।
ओम प्रकाशको आइतबार साँझ करिब ४ बजेतिर हत्या भएको प्रहरीलाई प्राप्त भएको थियो, प्रहरीले छोरी कृतिको संलग्नता पनि भएको हो या होइन भन्नेबारे अनुसन्धान गरिरहेको छ ।
प्रहरी स्रोतका अनुसार घटना हुँदा ओम प्रकाश खाना खाइरहेका थिए । त्यही क्रममा श्रीमतीसँग भनाभन भयो । झगडा यति बढ्यो कि पल्लवीले उनको हत्या गरिन् । उनले पहिले ओम प्रकाशमाथि खुर्सानीको धुलो फ्याँकिन् । खुर्सानीको जलनका कारण उनी भागिरहेका बेला पल्लवीले घाँटी, पेट र छातीमा १०–१२ पटक छुरा प्रहार गरिन् । घटनाको समयमा छोरी कृति पनि त्यहीँ थिइन् ।
हत्या हुनु पाँच दिनअघिदेखि नै पल्लवीले गुगलमार्फत् हत्या योजना बनाइरहेकी थिइन् । उनले ‘घाँटीको नसा काट्दा कसरी मृत्यु हुन्छ’ जस्ता विषयमा गुगल सर्च गरेकी थिइन् । उपकरण र सर्च इतिहासको जाँचपछि यो कुरा खुलेको हो । प्रहरीले यो हत्या पूर्वनियोजित (प्री-प्लान्ड) भएको बताएको छ ।
अनुसन्धान अनुसार हत्या गरेपछि पल्लवीले एक अन्य आईपीएस अधिकृतकी पत्नीलाई सन्देश पठाएकी थिइन्( एक राक्षसलाई समाप्त गरेँ) । त्यसपछि उनले फोन गरेर ओम प्रकाशको हत्या गरेको बताइन् । तिनै आईपीएस अफिसरले नै प्रहरीलाई खबर गरेका थिए ।
छोराले आमासँगै बहिनीलाई पनि दोषी ठहर गरे । छोरा कार्तिकेशको उजुरीका आधारमा ओम प्रकाशकी श्रीमती पल्लवी र छोरी कृतिमाथि हत्या अभियोग लगाउँदै पक्राउ गरिएको हो । कार्तिकेशले बताए अनुसार उनकी आमा पल्लवीले अघिल्लो एक हप्तादेखि बाबुलाई ज्यान मार्ने धम्की दिइरहेकी थिइन् । धम्कीपछि ओम प्रकाश आफ्नी बहिनीको घर सरेका थिए ।
तर, दुई दिनअघि कृति त्यहाँ पुगिन् र बाबुलाई जबर्जस्ती घर ल्याइन् । दुवै आमा–छोरीको बाबुसँग झगडा भइरहन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्