प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागे

४ माघ- काठमाडौं, विपक्षी दलहरुको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै नकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा दिनु नै उपयुक्त हुने बताए ।

 

उनको भनाई यस्तो रहेकोः ‘गठबन्धन गर्दा जे भनेर गरिएको थियो, ती कामहरु केही पनि अगाडि बढेका छैनन् । संविधान संशोधन प्रधानमन्त्री आफैंले ०८७ मा मात्रै हुन्छ भनेपछि त अन्य सुशासनबारे भनिएका कुरा पनि उल्टो बाटोमा हिँडिसकेपछि नैतिक रुपले सरकारले सरकारमा बसिराख्ने आधार गुमाएको छ भन्नु हामीले सरकार खोजेको अर्थ लाग्दैन । सरकारले त्यो अधिकार गुमाएको छ । नैतिकताको आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ । त्यसको अर्थ हामी सरकारमा जान हतारियको भन्ने अर्थ लाग्दैन ।’

उनले सरकारले संसद अधिवेशन नबोलाएर बिशेष अधिवेशन मात्रै नभइ आवश्यक परेर सडक संघर्षमा जानसक्ने चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्